मुख्य समाचार

संविधान संशोधन ३१ वैशाखपछि मात्र अघि बढाउन सरकार-मोर्चा सहमत

  काठमाडौं,२१ बैशाख । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा दुई तिहाइको समर्थन जुट्ने सम्भावना कम देखेपछि ३१ वैशाखको पहिलो चरणको निर्वाचनपछि मात्र विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ । व्यवस्थापिका–संसद्को बैठक आज बस्दै छ। बिहीबारको बैठकमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलको कार्यसूचीको सम्भावना छ। >>>

मुख्य समाचार

स्थानीय तहको निर्वाचनमा सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षांैदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ । सेनाको भूमिकालाई विवादित >>>

मुख्य समाचार

गोरखा सैनिकका सन्ततिलाई युकेको आवासीय भिसासम्बन्धी मुद्दामा गोरखाहरूको जीत

लण्डन । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिने सम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् । रोयल कोर्ट अफ जस्टिसमा २८ अप्रिल २०१७ का दिन दिउसो ४:२० सो फैसला भएको हो । रोयल कोर्ट अफ जस्टिसका जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले सो फैसला सुनाएका हुन्। भूतपूर्व गोरखा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले >>>

मुख्य समाचार

निर्वाचन आयोगद्धारा कल सेन्टर र मोबाइल एप सञ्चालन

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ >>>

मुख्य समाचार

मुद्रास्फीति २ दशमलव ९ प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ, १४ वैशाख । चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति >>>

1 2 3 280