नेपाली माटोको लागि मधेसी जनजातिहरुले गरेको बलिदानको इतिहासलाई मेटाउने प्रयास गरियो

अनिस तामाङ ।

जब जब तराईमा विकासको लहर चल्छ मधेसीहरु समृद्धि नेपालको सपना देख्न थाल्छन, तिम्रो मनमा उकुसमुकुस पैदा हुन्छ तिम्रो इतिहास पनि त्यस्तै छ । चाहे सरकारमा हुदा होस चाहे सरकार बाहिर हुदा मधेसी जनताको रगत यो माटोमा बलि चढाएर होली नखेले सम्म तिम्रो राक्षसीपनमा अलिकति नि कमि नआएको महसुस सबैले गरेका छन् ।

पछिल्लो चरण मधेसीहरु संविधान संशोधन भए पछि आफ्नो अधिकार नेपालको संविधानमा समाबेश हुन्छ,आफुहरु राज्य भित्र दोस्रो नागरिकको दर्जामा बस्नु पर्दैन भनेर घरघरमा दीपवाली गर्ने तयारीमा थिए । झनै मधेश टुक्राउछु भन्ने सिके राउतलाई जेलमा हाले पछि त्यहाँका जनताहरु खुसीको लामो स्वास फेर्दै अब हाम्रो स्व दिन आउने भयो भनेर रमाउदै गरेका थिए तर कालो वर्णाको मधेसीको छोरा हाँसेको तिम्रो राष्ट्रबादी नायकलाई फिटिक्कै चित्त बुझेन अनि शान्ता मधेसमा मसाल बोकेर मेची महाकाली अभियानको नाममा आगो सल्काउन पुगेउ अनि बितन्डा मच्चाउन सफल भयौ । माओवादीहरु उज्यालो नेपाल अभियान चलाएर विकासको बाटो तिरा लम्किदै गर्द तिमीहरु सत्ताको प्यासले मधेसमा जुन हर्कत गर्यो जनताले हिजोबाट प्रष्ट चिनेका छन कि तिम्रो कथित राष्ट्रबादको अर्थ के हो भनेर ।

हुन त तिमीहरुमा एक किसिमको दम्भ र घमण्ड छ कि नेपाली भनेको खस भाषा बोल्ने दौरासुरुवाल लगाउने मात्रै हुन भनेर। न त तिमीले रसुवाको माथि पहाडतिर तामाङनी नानाले बोल्ने भाषालाई स्वीकार र गर्यो न ताप्लेजुङको राईको नाकलाई स्वीकार गर्यो न त जनकपुरको मदेसी दाईले लगाउने धोतीलाई स्वीकारर गर्यो। तिमी बाहेक अरु कसैको पहिचानलाई नस्वीकार्नु नै तिमीले आफ्नो राष्ट्रबाद सम्झेउ तर त्यो नै यो देशको लागि अभिसाप बन्न पुग्यो । यदि तिमीले अरुको पहिचान स्वीकार्दैनौ भने अरुले पनि तिम्रो पहिचान स्वीकार्नै पर्छ भन्ने के छ ? देश संघीय गणतन्त्र सहित समानुपातिक समाबेशिको दिशामा अगाडि बढी सकेको छ। हिजो तिम्रो पुर्खाले जुन हर्कत देखाए आज त्यो सम्भव छैन किनकी हिजो र आजमा धेरै अन्तर आइसकेको छ।

दश वर्षे महान जनयुद्ध ,१९ दिने जनआन्दोलन र त्यसको बिचमा भएका जनजाति र मदेशीहरु आन्दोलनले जनताको चेतना स्तर धेरै माथि आइसकेको छ। इतिहासमा उनिहरु तिम्रो दासी थियो तर आज नि दासी नै बनाएर राख्छु भन्ने मुर्ख बुद्धि लियो भने देश गम्भीर संकटमा फस्ने प्रबल सम्भावना छ त्यसैले निदबाट बाहिर आउ कि मधेसीलाई नोकर बनाउने सपना देख्न छोड, यो देश बहुजाति, बहुभाषि, बहु संस्कृतिले भरिभराउ भएको सुन्दर बगैंचा जस्तो देश हो। हिजो इतिहासमा एक जातिको पहिचानलाई विस्थापित गरेर अर्को जाति पहिचान र अधिकार स्थापित गरेको पाइन्छ चाहे भुगोल नामांकनमा होस चाहे राज्यले हेर्ने नजरमा। पृथ्वीनारायण शाहले भुगोल एकिकरण गरेर भावना विकेन्द्रीकरण गर्यो ।  नेपाली माटोको लागि मधेसी जनजातिहरुले गरेको बलिदानको इतिहासलाई मेटाउने प्रयास गरियो। इतिहासमा न तामाङको विरता कोरियो न त सीमामा उभिने यादबको योगदानलाई समेटियो। एकोहोरो पहाडे अतिबादी शाषक व्रम्हाणहरुको गाना गाउदै आईयो इतिहास पनि त्यस्तै लेखियो तर शाषकहरु विरुद्ध दुई पटक शैनिक विद्रोह गरेको तामाङको इतिहास, सिंहदरबार कब्जा गर्ने राईहरुको इतिहास न कुनै किताबमा पढ्न पाइयो न कुनै मिडियाबाट सम्प्रेषण नै । न त जनजाति मदेशीहरुको भाषालाई स्वीकार गर्यो न त धर्म संस्कृतिलाई नै !

राज्य यति सम्म निच बन्यो कि संसार भर शान्तिको प्रतिकको रुपमा मान्ने आफ्नै गौतम बुद्धको जन्म जयन्तीलाई समेत मान्यता दिइएको छैन। दसैंमा हेलिकप्टरबाट फूलमाला बर्साउछ लाखौं खर्च गरेर तोप पड्काउछ, शिवरात्रीमा नांगेबाबाहरु काठमाडौं ल्याएर अश्लिलता प्रदर्शन गराउछ, भगवानको नाममा लागुऔषधको व्यापार हुन्छ तर पनि यस किसिमको गतिविधि राज्यले प्रोत्साहित गरिरहेको छ । यस्तै किसिमको परम्पराको निरन्तरता एमाले कांग्रेस लगायतका दलहरुहरु चाहन्छन तर माओवादी र मधेसबादी दलहरु त्यो चाहदैनन् । दुई पक्षको अन्तरविरोध यही हो। एमाले कांग्रेसहरु यथास्थिति चाहन्छन,जसमा एक जातिको मात्रै प्रतिनिधित्व होस तर माओवादी लगायत मदेशबादी दलहरु परिवर्तन चहान्छन जहाँ सबै जातजाति, भाषाभाषि, धर्मसंस्कृति, वर्ग समुदायको मानिसहरुको प्रतिनिधित्व होस ।

खासमा एमालेहरुको नजरमा जातिय सदभाव भनेको खस जातिको भाषा धर्म संस्कृति र परम्परालाई मान्ने, राज्यमा सधैं एउटै जातिले हालिमुहाली गर्न पाइने अनि जे जस्तो भए पनि अरु समुदायले हो मा हो थपेर ताली पड्काउनेलाई मात्रै सोचेको रहेछ । जब चेतनाको विकास संगै मधेसीले काठमाडौं संग आफ्नो हिस्सा खोज्यो, जनजातिले आफ्नो पहिचान माग्यो तिमीहरुको निद हराम भयो हैन । अनि रातारात जनजाति भुटानी शरनार्थी भयो, मधेसी विहारी धोती देखियो समग्रमा जनजाति र मदेशी जनताहरुलाई विखण्डनकारी उपनामले पुकार्न कहिल्यै थाकेन । हिजो सप्तरीमा जुन हिंसात्मक घट्न घट्यो यसको नैतिक जिम्मेवारी एमालेले नै लिनु पर्छ किनभने मधेसी जनताको भावना विपरीत संविधान संशोधन हुन नदिएर मधेसीलाई कुटेरै तह लगाउछु भन्ने मानसिकताले कथित राष्ट्रबादीका नायकहरु मधेसमा छिरेका हुन ।

अन्तमा मधेशी जनताको रगत नपिए सम्म प्यास नमेटिने महोदयहरु यो देश हामी सबैको हो हामी सबैले मिलेर बनाउनु पर्छ भन्ने मानसिकताको विकास कहिले हुने ? अनि सोझोपन बेच्ने मधेसीको छोरा मारिदा ताली पिट्ने तिमी कार्यकर्ताहरुलाई कुन शब्दले पुकारु म संग त्यस्तो शब्द नै छैन मतलब गाली गर्नेको लाइक नि छैनौ । कारण अनेकौं होलान पृष्ठभूमि अनेकौं होला त्यहाँ नेपाली नागरिक मरेका छन तर आफ्नो दलको जोगाउ गर्दै हत्याको पक्षपोषण गर्नु कति सम्म नालायकपन देखाउन सकेका? जब सम्म आफ्नो आफन्त को छातीमा गोली लागेर यो धर्ति रगतले भिज्दैन तब सम्म मधेशी मर्नुको पिडा तिमीहरुले कहिल्यै महसूस गर्नै सक्दैनौ ।

Comments

comments