नेकपा एमालेको राष्ट्रवाद : दासढुङगा घटना अझै रहस्यमय

-✍️सञ्जय याक्खा

नेपाली राजनीति कालखण्डमा २०२८/२९ झापा आन्दोलनले चरम रुप लियो । शासकहरुले प्रजातन्त्रलाई कुल्चिएर ताण्डप मच्चाउनु थाले त्यसको फलस्वरुप नेपालमा बामपन्थी नेकपा एमालेको उदय भयो ।

परिवर्तन संस्थागत गर्ने राजनिती एजेन्डा अघिबढने क्रममा वि.सं. २०३५ साल चैतमा अपदस्त प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको निस्किएको सानो शान्तिपुर्ण जुलुस लैनचौर स्थित पाकिस्तानी खुतावासमा विरोध पत्र बुझाउन पुगेको उक्त जुलुसलाई प्रहरीद्धारा बल प्रयोग गरि जुलुस रोकियो, त्यसपछि राजधानीको शान्ति–सुरक्षाको स्थिति धारासयी बन्न पुग्यो । इरानमा राजतन्त्रको अन्त गर्न कलर रिभोलुसनको सफलताले उत्साहित नेपाली युवाशक्ति परिवर्तनको पक्षमा आन्दोलित हुन थाले । सामान्य गतिविधिमा पनि दमन गर्ने प्रशासनिक शैली, सरकारमा बसेका र राष्ट्रिय राजनीति नियन्त्रण गर्ने निकायवाट जनमत बुझ्ने प्रयास नहुदा २०३६ साल बैशाखमा आन्दोलनले सडकमा ज्वालामुखीको रुप लिए पछि २०३६ साल जेठ १० गते कृतिनिधि विष्टको प्रधानमन्त्रित्वमा गठन भएको मन्त्रिपरिषद खारेज गरि राष्ट्रिय राजनीतिक व्यवस्थाबारे जनमतसंग्रह गराउने घोषणा गर्न राजा विरेन्द्र वाध्य भए । नेपालको राजसंसथा इतिहासमा जनताको आक्रोसद्धारा पहिलो पटक राजा पराजित भएको इतिहास हो ।

२०४६ सालको जनआन्दोलनले जनतामा अधिकार सम्पन्न हुने उत्साहसँगै आकांक्षा र अपेक्षा आकासिएको थियो । ततपश्चात २०४७ सालको परिवर्तनलाई संस्थागत गर्ने राष्ट्रिय एजेन्डा बनाएर नेपाली राजनिति बढ्न थाल्यो । क्रियाशील संसद, बहुमत प्राप्त नेपाली कांग्रेसको सरकार अनि मज्बुत प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय व्यवस्थाको दोश्रो खम्बा बनेको थियो । नेपाली कांग्रेसमा नेतृत्वको तालमेल नमिलेको र पार्टी र सरकारबिचको द्धन्द्धले जनताको अपेक्षअनुसार सरकारले काम गर्न सकिनरहेको अवस्थामा नेपाली जनता र नेपालप्रति सद्भाव राख्ने विश्व समुदायको ध्यान नेकपा एमालेमा केन्द्रित भयो । नेकपा एमालेको लोकप्रियता संगै बाहिरी रुपमा राम्रो देखिए पनि भित्री रुपमा राजनितिक खिचातानी हुन थलिसकेको थियो नेकपा एमालेमा । प्रतिपक्ष पार्टी भए पनि नेपाली कांग्रेस संग केहि कम्युनिस्ट नेताहरुको साँटगाँठ हुन थालेको प्रमाण त गिरिजा प्रसाद कोइरालाले भारत सँग गरेको टनकपुर सम्झौताको विरोधलाई बुलन्द नबन्नु नै बलियो आधार हो । एमालेको तालमेल नमिले पछि भित्री चलखेलको सिकार बने महासचिव मदन भण्डारी ।

आकर्षक व्यक्तित्व, जनतामा लोकप्रिय, जनसमुहलाई आफ्नो आवाज सँगै उभ्याउन सक्ने ओजस्वी वक्ता अनि देशको दोश्रो ठुलो दलमा पुर्ण पकड भएका नेता महासचिव मदन भण्डारीलाई नेपालको राष्ट्रिय नेताको रुपमा हेर्न थालिएको थियो । आत्माविश्वास र दुरगामी सोचयुक्त महासचिव भण्डारी देशले खोजेको राष्ट्रिय नेताको सम्भावित व्यक्ति थिए । युवा पुस्तासित चिन्तनको दुरी नहोस भन्ने कुरामा सधै सतर्क रहने महासचिव भण्डारी अरुको कुरा ध्यान दिएर सुन्ने, आफ्नो कुरा प्रस्टसँ भन्ने, सधै गम्भीर र बचनका पक्का थिए । बचन दिने तर बचनलाइ पालना नगर्ने दुगुर्णको बन्दी बनेका नेपाली नेताहरुको भिड त्यो समय देखि नै थियो अहिले पनि कायम नै छ । राज्य सत्ताको चास्नीमा डुबेर आफ्नो कर्तव्य भुल्ने नेताहरुको भिडमा महासचिव भण्डारी अपवाद थिए । नेपालमा राष्ट्रिय नेताको खडेरी परेर नै सङ्क्रमणकाल लम्बिदै गएको थियो त्यसैको परिणामत: १० वर्षे माओवादी जनयुद्ध भयो ।

संगठनात्मक क्षमता, फराकीलो सम्पर्क बनाउने स्वभाव, आत्माविश्वासका धनी महासचिव भण्डारीको नेतृत्वमा दक्षिण एसियामै कम्युनिस्ट पार्टी पहिलो पटक जनताको मतदानबाट वैकल्पिक राष्ट्रिय राजनितिक शक्तिको रुपमा स्थापित भएको र नेपाली जनताको सामूहिक अन्तरचेतनाको बलियो आवाज बन्न थालेकाले महासचिव भण्डारीमा भारत र पश्चिमी देशहरुको ध्यान केन्द्रित हुन थालेको थियो । राष्ट्रिय राजनितीमा पनि महासचिव भण्डारीको शक्तिशाली व्यक्तित्वको प्रभाव निरन्तर बढिरहेको थियो । भन्ने नै हो भने संसदमा महासचिव भण्डारीसँग प्रतिस्पर्धा गर्न सक्ने अर्को नेता नभएको मात्र होइन, राष्ट्रिय राष्ट्रिय राजनितीमै पार्टी र जनतामा पकड भएको, अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न थालेको अर्को नेता थिएन । सबै देशभक्तहरु अटाउने बलियो राष्ट्रिय शक्ति, राजनीतिक पार्टीको तहबाट माथि उठेर सबै प्रजातन्त्रबादी र देशभक्तहरुको साझा संगठन, यसमा सबै जाँरिला युवा, परिश्रमी श्रमिक, अनुभवी व्यक्तित्वहरु अटाउन भन्ने एमाले प्रतिको सोच राख्दथे । तर राज्यसत्ताको चास्नीमा डुबुल्की मार्नु माहिर भइसकेका नेताहरुको भित्री राजनैतिक खिचातानीको कारण महासचिव भण्डारीको त्यो सोच अधुरै रहयो ।

हिजोको धङधङी र आजको अहङ्कारमा भोलिप्रति उदासीन रहने एमालेमा नेताहरुको भिडमा अझै पनि नेपाली समाज अहिलेसम्म अलमलिरहेको छ । फराकिलो विचार र दुर्गामी सोच भएका नेता महासचिव भण्डारी सोच जोखिमपुर्ण भौगोलिक अवस्था भएको हाम्रो कमजोर, सानो देशको सुरक्षा र उन्नतिका लागि त्यो नै अचुक विधि थियो । भर्खरै स्थापित प्रजातन्त्रलाई त्यही माध्यमबाट स्थायित्व दिन सकिन्थ्यो ।

राष्ट्रिय हितको विषयमा अडिक रहने, दलको नेतृत्व लिन वा बालुवाटारमा वास पाउन विदेशीलाई रिझाउने रोगलाई घृणा गर्ने महासचिव भण्डारी राष्ट्रिय राजनीतिको स्वामित्वमा प्रतिबद्ध थिए । नेपालका राष्ट्रवादी नेताको रुपमा चिनिन थालेका नेता भण्डारीको २०५० जेष्ठ २ गते रहस्यमय दासढुङगा रहस्यमय दुर्घटनामा आफ्ना सहकर्मी जीवराज आश्रित सँगै निधन भयो । नेपालको राष्ट्रवादी आन्दोलन कमजोर बनाउने यो दुर्घटनाप्रति आमजनतामा विभिन्न आशङका अझै व्याप्त छ । दुर्घटनाको दुई दशक वितिसक्दा पनि यो आशङ्का मेटिएको छैन, आशङका पत्यारिलो भइरहेको छ ।

दासढुङगा रहस्यमय दुर्घटना छानविन

आफ्नो महासचिव गुमाउदा नेकपा एमाले स्वाभाविक रुपमा आक्रोशित भयो । नारा जुलुस निस्किए, संसद अवरुद्ध दुर्घटना होइन हत्या भन्दै देशभित्र बाहिर औँला ठड्याइए पनि दुर्घटनाको दोषीलाई छानविन गरि कार्वाहि गर्न सम्म सकेन । त्यस पछि जनताको दवावले तीव्र रुप लिएपछि सरकार र पार्टी दुवैले जाँच आयोग गठन गरेका थिए । एमालेले त्यसलाई हत्या नै ठहर्‍याउदै अपराधिलाई जनतासामु उभ्याएर सजाय दिलाउने प्रतिवद्धता जनता समक्ष व्यक्त गर्‍यो । त्यसको केही महिना लगत्तै मध्यावधि निर्वाचनको चुनाव भयो । मध्यावधि निर्वाचनको चुनावमा जनताले जिताएर एमालेले एकमना सरकार चलायो ।

महासचिव भण्डारीको रहस्यमय दासढु्रङ्गा दुर्घटनामा मृत्यु पछि एमालेले नौ वटा सरकारहरुमा सम्मिलित भयो, तीमध्ये चारवटा सरकारको नेतृत्व पनि गरेको हो, चार पटक गृह मन्त्रालय सम्हाल्यो । महासचिव भण्डारीकी पत्नी विद्या भण्डारी पटक पटक मन्त्री, पार्टीको उपाध्यक्ष र राष्ट्रपति भइसकीन । तर, एमालेले हत्यारालाई जनतासमक्ष उभ्याएर सजाय दिने संस्थागत प्रतिबद्धता पुरा गरेन, प्रयास पनि गरेन । एमालेले महासचिव भण्डारीको प्राण लिने रहस्यात्मक दुघटना विर्सियो । यो हिसावमा के अनुमान गर्न सकिन्छ भने महासचिव भण्डारीको रहस्यात्मक हत्या लाई राज्य सत्तामा जाने वलियो भर्‍याङको रुपमा लियो राज्य सत्ता ढलिमलि गर्नु पाएकोले त्यो चोट विर्सियो । यसरि किन विर्सियो भन्ने धारीलो प्रश्नले एमाले लाइ सधै पछ्याइ रहनेछ ।

मदन भण्डारीको रहस्यमय दुर्घटनामा भएको मृत्युबारे जाँच गर्न गठित एक सदस्यीय आयोगको कामले जनतालाइ सन्तुष्ट पार्न सकेको थिएन । आफ्नै अध्यक्षको नेतृत्वमा अध्यक्ष र महासचिवसमेत सम्मिलित एकमना सरकार बनाएपछि पनि एमालेले यो रहस्यमय पर्दाफास गर्ने आट गरेन ।

इतिहासमा मदन भण्डारीको रहस्यमय मृत्यु रहस्यकै गर्भमा बस्यो । नौ पटक सत्तामा पुगेर पनि एमालेले आफ्नो नेताको मृत्युको रहस्य हत्या, दुर्घटना वा नियोजित घटना के थियो भन्ने प्रश्नको अन्तिम उत्तर खोज्ने रुची राखेन, चासो लिएन या त थाहा भएर पनि जनतालाई बताउने सहस गरेन । प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली पालैपालो सरकारको नेतृत्व गरे तर त्यस वारे वास्ता गरेन ।

एमालेकै नेतृत्वमा भएको सरकारले मदन भण्डारीको रहस्यमय दुर्घटनालाई खोतल्ने प्रयास नगरिएको अर्थात चासो नदिएको घटनालाई अरु सरकारलाई के वास्ता होला र ? नेपाली कांग्रेसले त यो कुरा उठाउने कुरै भएन । दश वर्षे जनयुद्धबाट सरकारमा आएको पहिलो सरकार नेतृत्व पुष्प कमल दाहाल प्रचण्डद्धारा भने प्रयास गरिएको थियो तर नेपालको राज्य व्यवस्थाको गठबन्धन नामको बन्धनमा परेको सरकार ढल्यो । त्यसपछी दासढुङ्गा रहस्य मै रहयो । सरकार बाट यसको छानविन छिटो गरियोस ।

Comments

comments