साइप्रसमा नेपाली युवा-युवतीहरु नयॉं शक्ति पार्टी प्रति आकर्षित हुंदै

साइप्रस,३ बैशाख । साइप्रसमा स्थाई तथा अस्थाई रुपमा बसोबास गर्दै आएका नेपालीहरुले नयॉं बर्ष २०७४ साल संगै नयॉं विचार,अग्रगामी सोचका साथ नयॉं शक्ति पार्टी नेपालको सदस्य लिएका छन् ।

बिशेष गरि नेपालबाट घरेलु काम र अध्ययनका लागि बर्षौ देखि नेपालीहरु साइप्रसमा बस्दै आएका छन् भने दैनिक रुपमा नेपालीको साइप्रस आउने क्रम बढ्दो छ । १५ अप्रिलका दिन नयॉं शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य कमानसिङ् कर्मा पहाडी शेर्पाको उपस्तिथिमा साइप्रसका बिद्यार्थी एकता समूहले पार्टी प्रबेश गर्दै पार्टी सदस्यता लिएका छन् ।

१६ अप्रिलका दिन साइप्रसमा हुन गइ रहेको अन्तराष्ट्रिय नेपाली समाज (नयॉं शक्ति पार्टी नेपालको प्रवास समिति ) साइप्रसको प्रथम ऐतिहासिक अधिबेसनबाट बन्ने नयॉं कार्यसमिति सदस्यमा धेरै संख्यामा बिद्यार्थी एकता साइप्रसका सदस्यहरु पनि समेटिने निश्चित छ ।

साढे तीनदशक देखि नेपाली राजनीतिमा निरन्तर दिदै आएकी रमिला राईको नेतृत्वमा रहेको अन्तराष्ट्रिय नेपाली समाज साइप्रसको आज हुने प्रथम अधिबेसन आज हुनेछ ।

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com