गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं,३ बैशाख । सरकारले मोर्चाको मुख्य मागलाई बेवास्ता गर्दै नयाँ संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भन्दै आक्रोशित मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने गाउँदेखि केन्द्रसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। गठबन्धनले बैशाख ५ गतेदेखि नै आन्दोलन गर्ने गरी कार्यक्रम घोषणा गरेको हो।

मोर्चासहितको गठबन्धनले घोषणा गरेको आन्दोलनमा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

मोर्चाले निर्वाचनलाई असफल पार्न र बिथोल्न वैशाख १५ गते मधेस,थरुहट र लिम्बुवान बन्द गर्ने, १६ गते नेपाल बन्द गर्ने, १९ गते मतदान केन्द्रमा लाठी जुलुस प्रदर्शन गर्ने, २६ गते जिल्लामा मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ।

यसैगरी गठबन्धनले बैशाख २७ गतेदेखि आमहड्ताल एव अनिश्चितकालीन नेपाल बन्द गर्ने कार्यक्रम घोषणा गरेको छ। मोर्चाका सम्पूर्ण कार्यक्रम निर्वाचन विरोधी देखिएका छन्। सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com