व्याकुल माइला महानगरको विकास दूत

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानका लागि राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) विकासदूत तोकिएका छन् ।

माइला र महानगरबीच आज सोसम्बन्धी एकवर्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्मानस्वरुप उनले मासिक रु ३० हजार पनि प्राप्त गर्नेछन्। कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगर र राष्ट्रगानका सर्जकबीचको सहकार्यले सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरङ्ग ल्याउन सकिने विश्वास व्यक्त गरे ।

विकासदूतले सहरी व्यवस्थापनअन्तर्गत राजस्व परिचालन, सहरी आचरण, विकासलगायत महानगर र महानगरवासीबीच सिधा सम्पर्क हुने क्षेत्रमा काम गर्नुपर्नेछ ।

ओखलढुङ्गामा जन्मनुभएका राईले लेख्नुभएको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ बोलको गीत प्रतिस्पर्धामार्फत २०६४ साल जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो ।

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com