अन्तराष्ट्रिय नेपाली समाज साइप्रसमा बिरेन्द्र भट्ट

साइप्रस । १६ अप्रिलका दिन साइप्रसको निकोशिया स्थित नेपाली रेस्टुरेन्टमा सम्पन्न अधिबेशनबाट बिरेन्द्र भट्ट अध्यक्ष र सन्तोस शर्मा महासचिबमा चयन भएका छन् ।

नयॉं शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा ‘अन्तराष्ट्रिय नेपालि समाज’ बेलायतको सल्लाहकार कर्मा पहाडी शेर्पाको अतिथ्यतामा  संयोजक रमिला राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शेर्पाले उद्घाटन समारोहमा सम्बोधन गर्दै “अबको निकास आर्थिक बिकास, समृद्धि सम्भव छ हाम्रै पालामा” भन्ने मुल नाराका साथ पाँच “स” को अवधारणा लिएर नयाँ दर्शन र नयाँ बिचारका आधारमा नेपालमा स्थापना भएको नयाँ इन्द्रेणी बैकल्पिक राजनीतिक शक्ति “नयाँ शक्ति पार्टी” नेपाल भएको र अन्तराष्ट्रिय नेपाली समाज साइप्रस नंया शक्ति पार्टी नेपालको भातृसंगठन भएको प्रस्ट पार्दै अहिले सम्म नेपालका दल र पार्टीहरुले अधिकार प्राप्ति लागि मात्र लडे, यो पार्टीले देशको आर्थिक बिकाश र निकास दिन सक्ने बताए ।

अधिबेशनमा सह- संयोजक बिरेन्द्र भट्टले स्वागत मन्तब्य राखेका थिए भने बन्द सत्र सम्मको कार्यक्रम एषट्टीना राईले संचालन गरेकि थिइन । तत्कालिन अध्यक्ष रमिला राईले मानिसको गर्ने कर्म र जिम्मेवारलाई निरन्तरताले ठुलो भूमिका खेल्ने र सफलता मिल्ने भएको हुनाले नया कार्यसमितिले अग्रगामी विचारका साथ निरन्तर रुपमा अगि बढ्न आग्रह गरेका थिए ।

कर्मा पहाडी शेर्पाको अध्यक्षतामा रहेको तिन सदस्य निर्बाचन समितिबाट बिरेन्द्र भट्टको अध्यक्षतामा ३७ सदस्सिय कार्य समिति सर्बसहमतिमा चयन गरिएको हो । कार्यसमितीमा उपाध्यक्षहरु कालिका मगर र अनु अधिकारि ,मुना क्षेत्री,कमला मगर, पासांग शेर्पा , निशा तामांग ,फुलामु शेर्पा र महासचिब सन्तोस शर्मा रहेका छन् । सचिबहरुमा एषट्टीना चामलिंग राई, रिना रौनियार ,पासांग लमु शेर्पा,अनु बम्जन तामांग रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा अंनिमा शेर्पा र सह- कोष अध्यक्षमा निमि शेर्पा र मैना लामा रहेका छन् भने सदस्यहरुमा प्रदिप गुरुङ, सहर बोहोरा, अस्मिता तामाङ, निरमाया तामाङ, उमेश पोख्रेल, दया राम थापा, सारु मगर, मिरा मुक्तान तामांग, शर्मिला तामांग, बिमला तामाङ, कौसला वाइबा तामाङ, अम्बिका श्रेष्ठ, तारा मगर, सर्मिला खालिङ राइ, सरिता लिम्बु, आशा राइ, कुमारी श्रेष्ठ, सारा राना मगर, एलिश मगर, पासाङ शेर्पा, सबिता तामाङ, राम गिरि, प्रकाश श्रेष्ठ रहेका छन् ।

अन्तराष्ट्रिय नेपाली समाज साइप्रसका लागि नंया कार्यसमितिका पदाधिकारीहरु लाई अधिबेसनका प्रमुख अतिथि शेर्पाले फुल गुच्छा तथा खादा लगाइ स्वागत र कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com