चुनाव वहिस्कार गर्दै संयुक्त मधेशी मोर्चाद्वारा चन्द्रौटामा लाठी जुलुस

चन्द्रौटा(कपिलवस्तु),७ बैशाख । स्थानीय निकायको चुनाव बहिस्कार गर्नुपर्ने भन्दै संयुक्त मधेशी मोर्चाले कपिलवस्तुको चन्द्रौटामा लाठी जुलुस निकालेका छन् ।

हातमा लाठी लिएर साँझ ३ बजे निकालिएको जुलुस चन्द्रौटा बजार परिक्रमा गरी चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संघीय समाजबादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाह, सद्भावना पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्र, तमलोपाका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ईश्वर दयाल मिश्र लगायतले सम्बोधन गरेका थिए । नेताहरुले सरकारको आलोचना गर्दै स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने बताएका थिए ।

लाठी जुलुसमा संयुक्त मधेशी मोर्चाका केन्द्रिय तहदेखि जिल्ला तहका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको विरोधमा मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com