पत्रकार उप्रेतीद्वारा चेपॉंग केन्द्रलाई सहयोग

रत्ननगर, १४ वैशाख । पुर्वी चितवनको रत्ननगर पिठुवा घर भई लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनु भएका पत्रकार, गीतकार एवम् गजलकार नृपेश उप्रेतीले गामवेशीको संरक्षण केन्द्रलाई रु. २५,०००।– सहयोग गर्नुभएको छ ।

पत्रकार उप्रेतीले आफ्नो गीति एल्बम ‘आहान अर्को खुशी’ को विक्रीबाट संकलित रकम पत्रकार रवि रोशी मार्फत केन्द्रमा पठाउनु भएको हो । उप्रेतीले आफ्नो गजल संग्रह ‘मुसाफिर’ को काठमाडौंमा भएको विमोचन कार्यक्रममा केन्द्रका सल्लाहकार रवि रोशीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । आज सल्लाहकार रोशी केन्द्रमा पुगी केन्द्रमा आश्रित बालबालिकाहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

स्रष्टा उप्रेतीले आफ्नो गजल संग्रह ‘मुसाफिर’ को विक्रीबाट आउने रकम पनि केन्द्रमा आश्रित बालबालिकाहरुलाई हस्तान्तरण गरिने सल्लाहकार रोशीले जानकारी दिनु भएको छ ।

Comments

comments