गोरखा सैनिकका सन्ततिलाई युकेको आवासीय भिसासम्बन्धी मुद्दामा गोरखाहरूको जीत

लण्डन । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिने सम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् । रोयल कोर्ट अफ जस्टिसमा २८ अप्रिल २०१७ का दिन दिउसो ४:२० सो फैसला भएको हो ।

रोयल कोर्ट अफ जस्टिसका जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले सो फैसला सुनाएका हुन्।

भूतपूर्व गोरखा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले सो मुद्दा दायर गरेका थिए । सो मुद्दा हो एण्ड को भन्ने गोरखाहरूको लागि लामो समयदेखि मुद्दा लड्दै आएको ल फर्मले लडेको थियो

गेसो सभापति कृष्णकुमार राईले अदालतबाट प्रतिक्रिया दिंदै वकिलहरुले गोरखाहरूको जित भएको र खुशी मनाउन बताएको जानकारी दिए। वकिलहरुले फैसलाबारे आजै प्रेस विज्ञप्ती जारी गरी थप जानकारी दिने बताइएको छ । फैसला सुन्न ठूलो संख्यामा गोरखाहरू अदालतमा पुगेका थिए ।

* news courtesy from: wenepali.com

Comments

comments