साहित्यकारद्वय अनमोल को “मोहक मकालु” र खवासको “पराइको नजरमा” मुक्तक संग्रह एकैसाथ विमोचित

काठमाण्डौ,१५ बैशाख । भनिन्छ साहित्यको कुनै सीमा,क्षेत्र,वर्ग,जात हुंदैन । जहां रहेपनि आफ्नो मातृभूमि र नेपाली साहित्य सदैव आफ्नो मन-मुटुमा बोकेर हिंड्ने तिनै दुई साहित्यकार जो पराई भूमिमा दिन रात नभनि श्रम गरिरहेका छन्,उनै सर्जक अम्बिका याम्फु’अनमोल’ को (मोहक मकालु)र शान्त खवासको (पराइको नजरमा) मुक्तक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा काठमाण्डौको मिडिया इन्टरनेशनल, अनामनरमा आयोजित विमोचन समारोहमा प्रतिष्ठानका आजिवन सदस्यद्वय अनमोल र खवासको उक्त कृतिहरुलाई कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की, सभापति रामकाजी काेने, प्राज्ञ वियाेगी बुढाथाेकी, मुक्तककार रमेश पाैडेल र राधेश्याम लेकालीले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

Comments

comments